दार्चुला । बिरामी सुत्केरी श्रीमती शीतल लावडको उपचारमा डडेल्धुरा गएका भास्कर लावड सम्पर्कविहिन भएका छन् । दार्चुलाको लेकम गाउँपालिका–२ गराडी पिपलकोट बस्ने २४ वर्षका भाष्कर लाबड मंगलबार राति १० बजेदेखि सम्पर्कविहिन भएको पारिवारिक स्रोतले जनाएको छ।
गराडीबाट डडेल्धुरा अस्पतालमा सुत्केरी श्रीमतीको कुरुवाका रूपमा बसेका भाष्कर सम्पर्कमा नरहेको बताइएको छ। भाष्कर केही दिनदेखि बिरामी रहेको र अस्पतालको बिल तिर्न नसकेर मानसिक तनावमा रहेको बताइएको छ।
भाष्करका काका बिजयराम लाबडले भतिजा सम्पर्कविहिन भएपछि परिवारमा चिन्ता बढेको बताउनुभयो। खोजीका लागि प्रहरीलाई जानकारी दिइएको र खोजिमा सहयोग गरिदिन सबैलाई अनुरोध गरिएको उहाँले बताउनुभयो ।
भेटेमा नजिकको प्रहरी कार्यालय वा बिजयराम लाबडको मोबाइल नम्बर ९८४८८९०८३८,९८६२४६७९४६ मा सम्पर्क गरिदिन अनुरोध गरिएको छ।





प्रतिक्रिया