दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ३ रतौडामा सिचाइ ट्याङ्कीको सिलान्यास गरिएको छ। शनिबार (आज) लेकम गाउँपालिकाको लागत साझेदारी तथा समन्वय, सिडाको आर्थिक सहयोग, अक्सफाम नेपालको प्राविधिक सहयोग र सामुदायिक ग्रामीण विकास समाज नेपाल दार्चुलाद्धारा सञ्चालित टोसा–२ परियोजना अन्तरर्गत गठन गरिएको सत्तेश्वर महिला आर्थिक सशक्तीकरण केन्द्र, रतौडामा सिचाइ ट्याङ्कीको सिलान्यास गरिएको हो ।
लेकम गाउँपालिका अध्यक्ष राम दत्त जोशीको प्रमुख आतिथ्यतामा सिचाइ ट्याङ्कीको सिलान्यास कार्यक्रम गरिएको लेकम गाउँपालिका वडा नम्बर ३ का कार्यवाहक वडा अध्यक्ष हरि दत्त जोशीले बताउनुभयो । सिआरडिएस, लेकम गाउँपालिका र सत्तेश्वर महिला आर्थिक सशक्तीकरण केन्द्र बीच आपसी सम्झौता सम्पन्न गरी रतौडामा सिचाइ ट्याङ्कीको सिलान्यास गरिएको बताइएको छ। कुल लागत आठ लाख ५० हजार रहेकोमा डेढ लाख गाउँपालिकाले व्यहोर्ने र सात लाख दातृ निकायबाट प्राप्त हुने गाउँपालिका अध्यक्ष जोशीले बताउनुभयो । सिचाइ ट्याङ्की संञ्चालनमा आएपछि रतौडाको झण्डै ३० घरपरिवार लाभान्वित हुने छन् ।
सिचाइ ट्याङ्कीको सिलान्यास कार्यक्रममा लेकम गाउँपालिका अध्यक्ष राम दत्त जोशी, वडा सदस्यहरु हरि दत्त जोशी र प्रकाश कुमार पन्त, टोसा परियोजनाका जिल्ला संयोजक मान सिंह कार्की लगायतको उपस्थिति रहेको थियो ।





प्रतिक्रिया