इथियोपियामा भोकमरीका कारण एक हप्तामा ७ सय बढीको मृत्यु

दार्चुला । इथियोपियामा भोकमरीका कारण एक हप्तामा ७ सयको मृत्यु भएको छ ।

लामो समयदेखि जारी आन्तरिक द्वन्द्वका कारण इथियोपियामा भोकमरी भइरहेको हो । भोकमरीका कारण मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । देशमा जारी द्धन्द्धकाबीच संयुक्त राष्ट्रसंघ र अमेरिकाले उपलब्ध गराउँदै आएको खाद्यान्न लक्षित बर्गसम्म पुग्न नसकेपछी खाद्यान्न निर्यातमा रोक लगाइएको छ ।

पछिल्लो समय इथियोपियामा तीन लाख भन्दा बढी बालबालिका कुपोषणको शिकार भएको बताइएको छ । इथियोपियाको तिग्रे क्षेत्रमा विद्रोहीले आफ्ना गतिविधि बढाएसँगै आठ महिनाको अवधिमा करिब दुई लाख मानिस भोकमरीमा परेको राष्ट्रसंघले जनाएको छ । एजेन्सी

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?