दार्चुला । संघीय सरकारबाट दार्चुला जिल्लामा संघीय समपूरक अनुदानतर्फ १९ करोड ९८ लाख र विशेष अनुदानतर्फ १९ करोड ८८ लाख बजेट विनियोजन भएको छ ।

आगामी आर्थिक बर्ष २०८२।०८३ को बजेटमा संघीय समपूरक अनुदान अन्तर्गत दार्चुलाका स्थानीय तहबाट कार्यान्वयन हुने गरी ११ वटा आयोजना तथा कार्यक्रममा र प्रदेशबाट कार्यान्वयन हुने गरी एउटा सडक आयोजनामा बजेट विनियोजन गरिएको छ । यस्तै संघीय विशेष अनुदान अन्तरगत दार्चुलाका स्थानीय तहबाट कार्यान्वयन हुनेगरी १४ वटा आयोजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरिएको छ ।

संघीय समपुरक अनुदान तर्फ दार्चुलाका स्थानीय तहबाट निर्माण हुने गरी नौँ वटा नयाँ र दुई वटा क्रमागत गरी ११ वटा आयोजनामा कुल १४ करोड ४२ लाख बजेट विनियोजन गरिएको हो ।
दार्चुलाको लेकम गाउँपालिका र मालिकार्जुन गाउँपालिकामा संघीय समपुरकतर्फ दुई÷दुई आयोजना परेका छन भने अन्य सात वटा स्थानीय तहमा एक÷एक आयोजना परेका छन् । क्रमागत आयोजनामा मालिकार्जुन गाउँपालिकाको प्रशासकीय भवन निर्माण र लेकम गाउँपालिकाको गोकुलेश्वर लाली सडक आयोजना रहेका छन । नौँ वटै स्थानीय तहमा एक÷एक गरी नौँ वटा आयोजना नयाँ समावेस गरिएको छ ।

संघीय समपूरक अनुदान अन्तर्गत व्याँस गाउँपालिकाबाट कार्यान्वयन हुने गरी तिमुरबाटा हुती धौलाकोट मडगाउँ माल सडकमा एक करोड ३२ लाख बजेट विनियोजन गरिएको छ । कुल लागत ६ करोड ६३ लाख रहेको यो सडक तीन वर्ष भित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने छ ।

दुहुँ गाउँपालिकामा गाउँपालिकाको गुणस्तरीय शिक्षाको लागि सामुदायिक विद्यालहरुमा भौतिक पुर्वाधार बृहत शैक्षिक सुधार योजनामा एक करोड ३९ लाख बजेट विनियोजन गरिएको छ ।

महाकाली नगरपालिकामा आधुनिक प्रविधिद्धारा फोहोरमैला संकलन गरि प्रशोधन गर्ने (नयाँ प्रशोधन साइट निर्माण) को लागि ८७ लाख बजेट विनियोजन गरिएको छ ।

नौगाड गाउँपालिकामा तल्ला सुण्डमुण्डदेखी छिपुलथान विविधता पार्कसम्मको पर्यटकीय पदमार्ग निर्माण गर्न ५२ लाख बजेट विनियोजन गरिएको छ ।

अपिहिमाल गाउँपालिकामा हाई अल्टिच्युड साहशीक पर्यटन रंगशाला निर्माण आयोजनामा एक करोड ४० लाख बजेट विनियोजन गरिएको छ ।

मार्मा गाउँपालिकामा शेरी सिरोली पत्थरकाँडा सडक निर्माणमा एक करोड बजेट विनियोजन गरिएको छ ।

शैल्यशिखर नगरपालिकामा बगौरा रानिशिखर देथला तौकी बारिल सडक स्तरोन्नती गर्नका लागि ९२ लाख बजेट विनियोजन गरिएको छ ।

मालिकार्जुन गाउँपालिकाको क्रमागत योजना प्रशासकीय भवन निर्माण आयोजनामा एक करोड ५७ लाख बजेट विनियोजन गरिएको छ । मालिकार्जुनकै ऐरिछाना डाडाकोट बाँकु सडक योजनामा एक करोड ३९ लाख बजेट विनियोजन गरिएको छ ।

लेकम गाउँपालिकाको क्रमागत योजना गोकुलेश्वर लाली सडक खण्डमा दुई ७० लाख बजेट विनियोजन गरिएको छ । देथली पिर्तोली अम्कुर गोगना गणेत सडकमा एक करोड ३४ लाख बजेट विनियोजन गरिएको छ ।

यस्तै संघीय समपूरक अनुदान अन्तर्गत प्रदेश सरकारबाट कार्यान्वयन हुने आयोजना अन्तरगत मार्माको तपोवन निम्ठा मुरै बिनायक सडकमा संघीय सरकारले पाँच करोड ५६ लाख बजेट विनियोजन गरेको छ । उक्त सडकको कुल लागत अनुमान ६० करोड रहेको छ ।

संघीय विशेष अनुदान अन्तरगत स्थानीय तहबाट कार्यान्वयन हुने अधुरा, क्रमागत र नयाँ गरी दार्चुला जिल्लाभरी १४ वटा आयोजना तथा कार्यक्रममा कुल १९ करोड ८८ लाख बजेट विनियोजन गरिएको हो ।

संघीय सरकारको विशेष अनुदान विनियोजन विवरण अनुसार व्याँस गाउँपालिकाको डोकट लिफ्ट खानेपानी आयोजनामा ६७ लाख बजेट विनियोजन गरिएको छ ।

दुहुँ गाउँपालिकामा आर्थिक सामाजिक वा अन्य कुनै प्रकारले विभेदमा परेका वर्ग समुदाय वा क्षेत्रको उत्थान तथा विकासका लागि उत्पादन र उत्पादकत्व बृद्धि एवम् आयआर्जन तथा जीविकोपार्जन सुधार कार्यक्रमका लागि एक करोड ६२ लाख बजेट विनियोजन गरिएको छ ।

महाकाली नगरपालिकामा विद्यालय फर्निचर, शैक्षिक सामग्री, कम्प्युटर, डिजिटल बोर्ड, घेरबार पर्खाल निर्माण तथा भवन मर्मतका लागि पुँजीगततर्फ ६८ लाख रुपियाँ विनियोजन गरिएको छ ।

नौगाड गाउँपालिकाको क्रमागत योजना धुलिगाडा खोला मसानघाटदेखी काठाबगरसम्म पक्की तटबन्ध निर्माणका लागि दुई करोड ८० लाख रुपियाँ विनियोजन गरिएको छ । नौगाड गाउँपालिकाका स्वास्थ्यसंस्थाहरुका लागि स्वास्थ्य उपकरण तथा शैय्या खरिद योजना अन्तरगत एक करोड ३० लाख बजेट विनियोजन गरिएको छ ।

अपिहिमाल गाउँपालिकाको खण्डेश्वरी मावि भवन निर्माणका लागि क्रमागत योजना अन्तरगत दुई करोड बजेट विनियोजन गरिएको छ । अपिहिमालको व्यवसायीक कृषि, जडिबुडी तथा नश्ल सुधारसहित पशुपन्छि प्रवद्र्धन कार्यक्रम अन्तरगत एक करोड ६५ लाख बजेट विनियोजन गरिएको छ ।

मार्मा गाउँपालिकाको तपोवन मावि भवन निर्माणका लागि क्रमागत योजना अन्तरगत ४५ लाख बजेट विनियोजन गरिएको छ । मार्माकै पशुपालन प्रवद्र्धन कार्यक्रमका लागि एक करोड १२ लाख बजेट विनियोजन गरिएको छ ।

शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर अस्पताल उपकरण व्यवस्थापनका लागि एक करोड ६३ लाख बजेट विनियोजन गरिएको छ ।

मालिकार्जुन गाउँपालिकाको शैक्षिक विकासको लागि सेवा गुणस्तर सुधार कार्यक्रम अन्तरगत एक करोड ६१ लाख बजेट विनियोजन गरिएको छ ।

लेकम गाउँपालिकाको पोषण सुधार कार्यक्रमको लागि एक करोड ६० लाख बजेट विनियोजन गरिएको छ ।

यस्तै स्थानीय तहबाट माग भएका अधुरा आयोजना कार्यक्रम अन्तरगत मार्माको सितोला स्वास्थ्य चौकी भवन निर्माणका लागि एक करोड तीन लाख र मालिकार्जुन गाउँपालिकाको सरस्वती मावि सेलिचामा भवन निर्माणका लागि एक करोड ७२ लाख बजेट विनियोजन गरिएको छ ।

संघीय सरकारबाट समपूरक र विशेष गरी दार्चुलाका २६ योजनामा कुल ३९ करोड ८६ लाख बजेट विनियोजन गरिएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?