चार हारपछि जनकपुरको पहिलो जित, चितवनको प्लेअफ सम्भावना कठिन

दार्चुला । साबिक विजेता जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ मा पहिलो जित हात पारेको छ । लिगमा लगातार चार गुमाएको जनकपुरले पाँचौँ खेलमा चितवन राइनोजलाई ६ विकेटले हराउँदै पहिलो जित निकालेको छ ।

मंगलबार भएको खेलमा चितवनले दिएको लक्ष्य जनकपुरले १७.३ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

उसका लागि अनिल साह र माज सदाकतले अर्धशतकीय पारी खेले । अनिलले ३६ बलमा चार चौका र तीन छक्काको मद्दतमा ६१ तथा माजले ३० बलमा ६ चौका चार छक्का प्रहार गर्दै ६३ रनको पारी खेलेका हुन् ।

यस्तै, आसिफ शेखले १८, जान निकोल लोफ्टी-इटनले ११ तथा आदित्य महताले अविजित १८ रनको योगदान दिए ।

चितवनका लागि बलिङमा सोहेल तनवीर, कमल सिंह ऐरी र अमर रौटेलाले एक-एक विकेट लिए ।

त्यसअघि, टस जितेर ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १ सय ७६ रन बनायो ।

उसका लागि ओपनिङ ब्याटर डेविड मलानले सानदार ब्याटिङ गरे । ५४ बलको सामना गरेका उनले चार चौका र पाँच छक्काको मद्दतमा ८० रन बनाए । एनपिएलमा मलानको यो पहिलो अर्धशतक हो ।

त्यस्तै, अर्जुन साउदले ५२ तथा कप्तान कुशल मल्लले ३० रन जोडे ।

जनकपुरका लागि बलिङमा रुपेश सिंह, माज सदाकत, अनिल साह र जान निकोल लोफ्टी-इटन एक/एक विकेट लिए ।

जनकपुरसँगको यो हारपछि चितवनको प्लेअफ सम्भावना कठिन बनेको छ । उसले अब प्लेअफमा स्थान बनाउने हो भने बाँकी दुई खेलमा लगातार जित निकाल्नुपर्छ ।

चितवनलाई हराएपछि जनकपुरले प्लेअफमा पुग्ने अंक गणितीय सम्भावना जीवितै राखेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?