दार्चुलाको मालिकार्जुन-२ मा रहेको सरस्वती मावि सेलिचामामा पढाइ मेला सम्पन्न

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर २ मा रहेको सरस्वती माध्यमिक विद्यालय, सेलिचामा एक दिने पढाइ मेलाको आयोजना गरिएको छ। सोमबार शैक्षिक गुणस्तर सुधार र विद्यार्थीहरूको पठन क्षमता वृद्धि गर्ने उद्देश्यले विद्यालयमा एक दिने मेलाको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक भुवन बहादुर डाँगाले जानकारी दिनुभयो ।

मेलामा विद्यालयमा अध्यनरत कक्षा १ देखि कक्षा ५ सम्मका विद्यार्थी, अभिभावक र शिक्षकहरूको सहभागिता रहेको उहाँले बताउनुभयो ।

कार्यक्रमले बालबालिकाको पठन पाठन क्षमता बढाउनुका साथै स्थानीय स्रोतबाट शैक्षिक सामग्री निर्माणलाई प्रोत्साहन गर्ने, बालबालिकाको समग्र विकास र प्रतिभा पहिचानका लागि पारिवारिक वातावरण निर्माणमा अभिभावकलाई संलग्न गराउने लक्ष्य राखिएको डाँगाले बताउनुभयो ।

कार्यक्रम अन्तर्गत स्मरण खेल, कवितार कथा पूरा गर्ने खेल, अभिभावक कथा वाचन, स्थानीय सामग्री संग्राहालय, बालचित्र प्रदर्शनी, घुम्दै पढ्दै स्टल, पढाइ कुना, उत्कृष्ट अभिभावक सम्मान, र बालबालिकाहरूको जेरी खाने खेल जस्ता रचनात्मक गतिविधिहरू सञ्चालन गरिएको थियो। कार्यक्रमको अन्त्यमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी तथा सहभागीहरूलाई पुरस्कार वितरण समेत गरिएको थियो।
त्यस्तै नियमित रुपमा विद्यार्थीलाई विद्यालय पठाउने र विद्यालयले बोलाएको समयमा विद्यालयमा उपस्थित हुने ५ जना अभिभावकलाई सम्मान गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा सामुदायिक ग्रामिण विकास समाज नेपाल र गुड नेवर्स इन्टरनेशनल नेपालको सहकार्यमा रहेको थियो । विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य बहादुर सिंह धामीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष हिरा सिंह धामी प्रमुख आतिथ्यता रहेको प्रधानाध्यापक डाँगाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?