दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकामा साना होटल तथा लज व्यवस्थापन तालिम सम्पन्न भएको छ ।
गाउँपालिका र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको सहकार्यमा सञ्चालन भएको १० दिने साना होटल तथा लज व्यवस्थापन तालिम सोमबार सम्पन्न भएको गाउँपालिका उपाध्यक्ष देवकी देवी बोहराले जानकारी दिनुभयो ।
यहि मंसिर १९ गते देखि गाउँपालिका केन्द्र खण्डश्वरीमा आयोजना भएको तालिममा ३० जनाको सहभागिता रहेको उहाँले बताउनुभयो । उक्त तालिममा गाउँपालिकाका होमस्टे सञ्चालकहरुको पनि सहभागिता रहेको उहाँले बताउनुभयो ।
अपिहिमाल गाउँपालिकाले पर्यटन प्रवद्धनको लागि विभिन्न सिपमुलक तालिम तथा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।





प्रतिक्रिया