एमाले केन्द्रीय सदस्यमा बैतडीबाट दामोदर भण्डारी, लिलाधर भट्ट र गोविन्द गिरी निर्वाचित

दार्चुला । नेकपा (एमाले)को ११औँ महाधिवेशनमा बैतडीबाट केन्द्रीय सदस्यमा दामोदर भण्डारी, लिलाधर भट्ट र गोविन्द गिरी निर्वाचित हुनुभएको छ । पूर्वमन्त्री समेत रहनुभएका भण्डारी खुल्ला कलस्टबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो ।

त्यस्तै भट्ट सुदुरपशिचम भुगोल तथा गिरी सुदुरपश्चिम भुगोल युवा कलस्टरबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो ।

विहिबार सम्पन्न ११औँ महाधिवेशनको अन्तिम नतिजा अनुसार भण्डारीले १ हजार ३ सय २५ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ । त्यस्तै भट्टले १ हजार १ सय ५० र गिरीले १ हजार ५ सय ५५ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?