विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा, क-कसले पाए मौका ?

दार्चुला । आईसीसी टी-२० विश्वकप २०२६ का लागि नेपाली क्रिकेट टोलीको प्रारम्भिक चरणको प्रशिक्षण क्याम्प घोषणा भएको छ । क्याम्पका लागि २४ खेलाडी बोलाइएका छन् ।

एनपीएलमा शानदार प्रदर्शन गरेका उदीयमान खेलाडी घोषित शेर मल्ल पनि क्याम्पमा परेका छन् । यस्तै विनोद भण्डारी, अविनाश बोहरा, प्रतिश जीसी, इशान पान्डे र बसिर अहमद पनि परेका छन् ।

क्याम्प भोलि सोमबार (पुस ७) गतेदेखि हुने जनाइएको छ ।

टी-२० विश्वकप आगामी फेब्रुअरी र मार्चमा भारत र श्रीलंकामा संयुक्त रूपमा हुँदैछ ।

खेलाडीहरू : रोहित पौडेल, कुशल भुर्तेल, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरि, नन्दन यादव, सन्दीप लामिछाने, आरिफ सेख, आदिल अन्सारी, शेर मल्ल, भीम सार्की, विनोद भण्डारी, अविनाश बोहरा, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, ललित राजवंशी, लोकेस बम, करण केसी, साहब आलम, इशान पाण्डे, बसिर अहमद, प्रतिस जीसी र रुपेश कुमार सिंह

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?