दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ५ र दुहुँ गाउँपालिका वडा नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वडा समिति चयन गरिएको छ । पछिल्लो समय पालिका र वडा तहमा संगठन विस्तार गरिरहेको रास्वपाले आज शैल्यशिखर ५ र दुहुँ ४ मा वडा समिति चयन गरेको रास्वपा दार्चुलाका सभापति राजेश सिंह सामन्तले जानकारी दिनुभयो ।
विहिबार आज शैल्यशिखर नगरपालिका वडा नम्बर ५ को बगौरामा जिल्ला सभापति सामन्तसहितका पार्टी पदाधिकारीहरुको उपस्थितिमा बसेको वडा भेलाबाट रघुबिर सिंह डाँगाको सभापतित्वमा ११ सदस्सीय वडा समिति गठन गरिएको छ ।
समितिको उपसभापतिमा सुरेन्द्र रावल र सचिवमा महामती रावल चयन हुनुभएको जिल्ला सभापति सामन्तले जानकारी दिनुभयो ।
त्यसै आज नै दुहुँ गाउँपालिका वडा नम्बर ४ मा पनि पुरन सिह लोथ्यालको सभापतित्वमा ११ सदस्यीय वडा समिति गठन गरिएको छ ।
यसअघि बुधबार मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ४ मा पनि कल्यान सिंह धामीको सभापतित्वमा ११ सदस्यीय वडा समिति गठन गरिएको रास्वपा दार्चुलाका सभापति सामन्तले जानकारी दिनुभयो ।
रास्वपाले दार्चुलाका स्थानीय तह र वडा स्तरमा संगठन विस्तार गरिरहेको सभापति सामन्तले जानकारी दिनुभयो ।





प्रतिक्रिया