दार्चुला। दार्चुलाको लेकम गाउँपालिकाले पालिकाभित्र रहेका सामुदायिक विद्यालयहरुलाई शैक्षिक गुणस्तर सुदृढीकरण तथा कार्यसम्पादनमा आधारित प्रोत्साहन अनुदान कार्यक्रमको लागि प्रस्वाव पेश गर्न आग्रह गरेको छ ।
गाउँपालिकाले आर्थिक वर्ष २०८२÷०८३ का लागि स्वीकृत वार्षिक कार्यक्रम अनुसार सामुदायिक विद्यालयहरूबाट विद्यालय भवन सुधार, शिक्षण–इ–लर्निङ, पुस्तकालय तथा विज्ञान प्रयोगशालाका लागि आवश्यक सामग्री र उपकरण व्यवस्थापन सम्बन्धी प्रस्ताव माग गरेको हो । उक्त शीर्षक अन्तर्गत एक विद्यालयलाई अधिकतम १० लाख रुपैयाँ बजेटको व्यवस्था गरिएको छ ।
कार्यक्रममा हालसम्म कुनै पनि निकायबाट सोही शीर्षकमा अनुदान नलिएका, विद्यार्थी संख्या बढी रहेका, आवश्यक कक्षा कोठा तथा पूर्वाधार भएका विद्यालयलाई प्राथमिकतामा राखिने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दिपक राज जोशीले बताउनुभयो । साथै, कम्प्युटर विषय अध्यापन गर्ने विद्यालयले पुस्तकालय मागसम्बन्धी विद्यालय व्यवस्थापन समितिको निर्णयको प्रतिलिपि र विस्तृत प्रस्ताव पेस गर्नुपर्नेछ ।
पालिका भित्रका सामुदायिक विद्यालयहरुलाई उक्त कार्यक्रममा सहभागी हुन पुस २७ गतेसम्म गाउँपालिकाको कार्यालयमा प्रस्ताव पेस गर्न अनुरोध गरिएको उहाँले बताउनुभयो ।





प्रतिक्रिया