प्रतिनिधिसभा चुनावका लागि समानुपातिकतर्फको बन्दसूची बुझाउने क्रम शुरू

दार्चुला | राजनीतिक दलहरूले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा चुनावका लागि निर्वाचन आयोगमा समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची बुझाउन थालेका छन् ।

आयोगका अनुसार आज नेपाल मजदुर किसान पार्टी (नेमकिपा) लगायतका राजनीतिक दलले बन्दसूची पेश गरेका छन् । भोलि बेलुका ६ बजेसम्म दलहरूबाट सूची बुझ्ने तयारी गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । भोलिसम्म सबै दलबाट सूची आउने अपेक्षाका साथ सेवा दिन तयार रहेको उहाँको भनाइ छ ।

यसैबीच निर्वाचन आयोगले प्रतिनिधिसभा चुनावमा समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्ने प्रयोजनका लागि पुस १९ गतेदेखि माघ १८ गतेसम्म अस्थायी मतदाता नामावली सङ्कलन गर्ने भएको छ । चुनावमा खटिने कर्मचारी, सुरक्षाकर्मी, कैदीबन्दी लगायतलाई समानुपातिकतर्फ मताधिकार दिन अस्थायी नामावली सङ्कलन गरिन्छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?