नेपाली क्यालिस्थेनिक्स खेलाडीको ऐतिहासिक अन्तर्राष्ट्रिय सहभागिता हुँदै

दार्चुला । पहिलोपटक तीन नेपाली खेलाडीले भारतको बैंगलोरमा हुन गइरहेको ग्राउन्ड जिरो अन्तर्राष्ट्रिय‌ क्यालिस्थेनिक्स प्रतियोगितामा २०२६ मा सहभागिता जनाउने भएका छन्। चार सदस्य टोली अन्तर्राष्ट्रिय खेलाडी तथा स्ट्रीट वर्कआउट लिडर, काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदुत जगदीशन्द्र जोशी (ज्याक)को संयोजकमा जनवरी ७ मा भारतको बेङ्गलोरको लागि प्रस्थान गर्नेछ ।

प्रतियोगिता जनवरी ९ र १० तारिखमा हुनेछ जसमा स्ट्याटिक्स तर्फ समर लामा ,फ्रीस्टाइलतर्फ संगम अधिकारी र महिला फ्रीस्टाइलतर्फ ईसुरा राई अन्तर्राष्ट्रिय सहभागिता जनाउनु हुनेछ।

यो प्रतिस्पर्धामा उत्कृष्ट दुईजना खेलाडीले विश्व च्याम्पियनसिपको यात्रा तय गर्नेछ। यो सहभागिताले भविष्यमा नेपाली क्यालिस्थेनिक्स खेलाडी र स्ट्रीट वर्कआउट फिटनेस समुदायको लागि एउटा नयाँ अवसरका ढोकाहरू खोलिने संयोजक जगदीशन्द्र जोशी (ज्याक)ले जानकारी दिनु भयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?