दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकामा यहि माघ २४ गतेदेखि पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुने भएको छ । नगरपालिकाको वार्षिक स्वीकृत कार्यक्रम बमोजिम आगामी शनिबारबाट छैटौँ नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुने नगरपालिकाका सूचना अधिकारी भोज राज भट्टले जानकारी दिनुभयो ।
नगरपालिकाले बुधबार एक सूचना जारी गर्दै छैटौँ पालिका स्तरीय प्रतियोगिता माघ २४ देखि माघ २७ गते सम्म नगरपालिकाको वडा नम्बर १ स्थित कृष्ण माध्यमिक विद्यालय बलाँचको खेलमैदानमा सञ्चालन हुने जनाएको छ । नगरपालिकाले नगर भित्रका माध्यमिक विद्यालयहरुलाई प्रतियोगिताको तयारी गर्न आग्रह गरेको छ ।
प्रतियोगितामा शैल्यशिखर नगरपालिका भित्रका १४ वटा माध्यमिक विद्यालयको सहभागिता रहने नगरपालिकाले जनाएको छ ।
जिल्लाका ८ स्थानीय तहले यस अघि नै पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गरिसकेका छन् । आगामी जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको छनोट स्वरुप स्थानीय तहले पालिका स्तरीय प्रतियोगिता सञ्चालन गरिरहेका हुन् ।





प्रतिक्रिया