कञ्चनपुरबाट लागू औषधसहित दुई जना पक्राउ

दार्चुला । कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाट पिपलचौताराबाट दुई जना लागू औषधसहित पक्राउ परेका छन्।

दार्चुला घर भएका २० वर्षीय गोकुलदेव जोशी र महेन्द्रनगरका २९ वर्षीय अमित सिंहलाई २ ग्राम २७० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा म १ प १६०८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुडा, कञ्चनपुरबाट खटिएको संयुक्त टोलीले चेकजाँच गर्दा लागूऔषध फेला पारेको हो।

दुबै जनालाई नियन्त्रणमा राखेर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?