दार्चुला । यो साताको अन्तिममा पश्चिमी वायु पुनस् सक्रिय हुने सम्भावना देखिएको छ । त्यसको प्रभावले हावाहुरी, मेघगर्जनसहित हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण छ ।

मौसम पूर्वानुमानका विभिन्न मोडेलहरुले अहिलको प्रणालीको प्रभावले पूर्वदेखि पश्चिमसम्मै वर्षा हुने सम्भावना देखाएका छन् । तर पूर्वी नेपालमा बढी र पश्चिम नेपालमा कम प्रभाव पर्ने सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागका मौसमविदहरुले पनि आगामी शुक्रबार र शनिबार पानी पर्ने प्रक्षेपण गरेका छन् ।

यसअघि चैत ६ र ७ गते हिमाली जिल्लाहरुमा हिमपात भएको थियो । वर्षाले खेतीपातीमा संलग्न किसानहरुका लाई राहत भए पनि असिना र हुरीले भने मर्कामा पारेको थियो ।

ताजा उपग्रह तस्विरमा भारत र आसपासका क्षेत्रहरूमा पानी पार्ने बादलको बाक्लो तह देखिन्छ । त्यसको असर नेपालमा पनि पर्ने सम्भावना छ ।

हल्कादेखि मध्यम वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागका मौसमविद बिनु महर्जन विहीबारदेखि नै त्यसको असरको संकेत देखिन थाल्ने बताउनुभयो । ‘शुक्रबार र शनिबार पानी पर्ने सम्भावना छ । त्यसको संकेत विहीबारदेखि नै देखिन थाल्छ,’ उहाँले भन्नुभयो ।

उहाँका अनुसार शुक्रबार र शनिबार धेरै ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ ।

प्रिमनसुनको समय भएकाले यतिबेला हावाहुरी चल्ने र चट्याङका घटना बढी हुने भएकाले सतर्कता अपनाउन उहाँले सुझाव दिनुभयो ।

कति शक्तिशाली छ नयाँ प्रणाली रु

चैत ६ र ७ गतेको भन्दा यो प्रणाली कम शक्तिशाली हुने ठानिएको छ । ‘अहिलेसम्मको अवस्था हेर्दा पहिलेको भन्दा कम शक्तिशाली हुन्छ जस्तो देखिन्छ,’ मौसमविद महर्जनले भन्नुभयो ।

जलवायु अध्येता डा. धर्मराज उप्रेतीका अनुसार युरोपियन युनियन, जर्मन र भारतका मौसम पूर्वानुमान सम्बन्धी संस्थाहरुको मोडेलले आगामी शुक्रबार र शनिबार हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना देखाएका छन् । वर्षाको प्रभाव पूर्वी नेपालमा बढी र पश्चिममा कम हुने सम्भावना देखिएको उहाँको भनाइ छ । तर हावाहुरीको प्रभाव भने पश्चिममा बढी र पूर्वमा कम हुने सम्भावना छ ।

‘यसको प्रभाव शुक्रबार साँझदेखि शनिबार दिउँसोसम्म पर्ने सम्भावना देखिएको उप्रेतीले बताउनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?