प्रधानमन्त्री कपमा आज कर्णाली र मधेस तथा लुम्बिनी  र सुदूरपश्चिम खेल्दै

दार्चुला । कर्णाली प्रदेश र मधेस प्रदेश आज (चैत १६) प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा आमनेसामने हुँदै छन् ।

खेलमा मधेस आफ्नो अपराजित यात्रालाई कायम राख्ने लक्ष्यमा हुनेछ । तीन खेल खेलेको मधेसले दुई जितसहित तालिकामा पाँच अंक जाडेको छ । मधेसको एक खेल भने रद्द भएको थियो ।

कर्णाली भने दोस्रो जितको खोजीमा हुनेछ । तीन खेल खेलेको कर्णालीले तालिकामा समान एक जित र हारसहित तीन अंक जोडेको छ । कर्णालीको पनि एक खेल रद्द भएको थियो । यी दुईबीचको खेल जनकपुरको रामजानकी बहुउदेशीय रंगशालामा बिहान ९:३० बजे हुनेछ ।

त्यसैगरी, प्रतियोगिताअन्तर्गत आजै हुने दोस्रो खेलमा लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश प्रतिस्पर्धा गर्दै छन् ।

खेलमा लुम्बिनी दोस्रो जितको खोजीमा हुनेछ । तीन खेल खेलेको लुम्बिनीले तालिकामा समान एक जित र हारसहित तीन अंक जोडेको छ । लुम्बिनीको एक खेल भने रद्द भएको थियो ।

सुदूरपश्चिम भने लगातार तेस्रो जितको खोजीमा हुनेछ । तीन खेल खेलेको सुदूरपश्चिमले तालिकामा दुई जित र एक हारसहित चार अंक जोडेको छ । यी दुईबीचको खेल वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा बिहान ९:३० बजे हुनेछ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?