संयुक्त अरब इमिरेट्सको ठूलो तेल भण्डारण केन्द्रमा आगलागी भएको छ ।

यूएईको सबैभन्दा ठूलो तेल भण्डारण केन्द्र फुजैराहमा आगलागी भएको बीबीसीले उल्लेख गरेको छ । उक्त केन्द्रमा भएको आगलागीमा तीन जना घाइते भएका छन् ।

आगलागी इरानको क्षेप्यास्त्र प्रहारका कारण भएको यूएईको आरोप छ । घटनाअघि तीनवटा इरानी क्षेप्यास्त्र ध्वस्त बनाएको यूएईको दाबी छ ।

nabil
यस घटनाको प्रतिवाद हुने चेतावनी यूएईले दिएको छ । विज्ञप्ति प्रकाशित गर्दै यूएईले भनेको छ,”अन्तर्राष्ट्रिय कानुन राष्ट्रसंघीय बडापत्र अनुसार प्रतिरक्षाको अधिकार यूएईले प्रयोग गर्नेछ ।”

यूएईको उक्त आरोपबारे इरानले केही पनि प्रतिक्रिया जनाएको छैन । उक्त केन्द्रमा आगलागीसँगै कच्चा तेलको मूल्यमा वृद्धि भएको छ । कच्चा तेलको मूल्य ११५ डलर पुगेको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?