विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड नाघ्यो

दार्चुला । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुने व्यक्तिको संख्या ३ करोड पुगेको छ। पछिल्लो २४ घण्टामा झण्डै ३ लाख संक्रमित थपिएसँगै कोरोनाबाट संक्रमित हुनेको कुल संख्या ३ करोड २३ हजार भन्दा बढी पुगेकाे हो।

पछिल्लो २४ घण्टामा भारतमा ९७ हजारभन्दा बढी संक्रमित थपिँदा अमेरिकामा ३७ हजार ८१५, ब्राजिलमा ३७ हजार ३८७, स्पेनमा ११ हजार १९३ तथा अर्जेन्टिनामा ११ हजार ६७४ जना संक्रमित थपिएका छन्।

यस्तै पछिल्लो २४ घण्टामा भारतमा ११ सय ३९ जनाको मृत्यु भएको छ भने अमेरिकामा १ हजार ७९, ब्राजिलमा ९६७, रसियामा १३२, कोलम्बियामा १९० तथा मेक्सिकोमा ६२९ जनाको मृत्यु भएको छ।

एकै दिन विश्वभर ६ हजारभन्दा बढीको मृत्यु भएसँगै विश्वभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९ लाख ४४ हजार ४९७ पुगेको छ।

यस्तै विश्वभर कोरोना संक्रमित भएर निको हुनेको संख्या २ करोड १७ लाख पुगेको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?