आज हामीले अवलम्बन गरिरहेको शिक्षा प्राचीन शिक्षाको मोडालिटी अन्तर्गत रहेको छ ।
बोधको २ माध्यम (Reading and Listerning ) मध्ये Reading र अभिवक्तिको २ माध्यम ( Writting and Speaking ) मध्ये Writting मा मात्र हाम्रो शिक्षाले जोढ दिन्छ ।
हाम्रो शिक्षा नीतिले जम्मा ५०% मात्र शिक्षा को पूर्ण नतिजा (Full reasult) प्राप्त गरेको हून्छ । तर बिडम्बना यो ५०% शिक्षा को करिब ६०% अर्थात कूल शिक्षा को ३०% मात्र हामिले नतिजा पाइरहेका छौ जून अन्तरास्ट्रिय जगतमा लाजमर्दो अवस्था हो ।
फेरि आफूलाइ नतिजामूखी ठान्ने निजि विध्यालयले त शिक्षा को मूल मान्यता बिपरित घोकन्ते र नम्बर मूखी शिक्षा प्रदान गरिरहेको छ । विध्यार्थिहरूलाइ खाए वा नखाए घिच भन्ने अवस्थामा पुर्याइ विध्यार्थी माथी मानविय शोषण, शिक्षक माथी श्रम शोषण र अविभावक माथी आर्थिक शोषण गरिरहेका छौँ ।
हामी कागजी रूपमा शिक्षित छौ तर ब्यवहारिक रूपमा चाही अझै अशिक्षित जस्तै छौ ।
यदि हामी शिक्षित भैहालेपनी हामी कमै सचेत . Civilized ) छौ । शिक्षा को नाममा राज्य (सरकार, नागरिक समाज, निजि क्षेत्र, आम जनता) ले खरबौ खर्च गरिरहेका छौ जून बालूवामा पानी जस्तै छ ।
त्यसै कारण आज पनि हामी विकास उन्मूख राष्ट्रको सूचिमा छौ । हेर्नूस त ……. यस्तो शिक्षा ले हामिलाइ कँहा पूर्याइ रहेको छ ? वर्तमान शिक्षा प्रणाली विरुद्ध सोच्ने र आवाज उठाउने बेला भएको छ ।





प्रतिक्रिया