अछाममा नदीमा नुहाउने क्रममा डुबेर किशोरीको ज्यान गयो

अछाम । अछाममा नदीमा नुहाउने क्रममा डुबेर किशोरीको ज्यान गएको छ ।

अछामको साँफेबगर नगरपालिका वडा नम्बर १ कालिमाटीकी २० वर्षकी हेमन्त बयकको बुढीगंगा नदीमा नुहाउने क्रममा डुबेर ज्यान गएको अछामका प्रहरी प्रमुख डीएसपी योगेन्द्रसिंह थापाले जानकारी दिनुभयो ।

आज बिहान दशैँको टीका लगाउनु अघि नुहाउन गएकी किशोरी नदीको भंगालोमा परी बेपत्ता भएकी र पछि शव भेटिएको उहाँले बताउनुभयो । किशोरीको शव मंगलसैन नगरपालिका र चौरपाटी गाउँपालिकाको सीमा क्षेत्र चित्रे नजिकै भेटिएको हो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?