देशभर थप २ हजार ७ सय ३६ कोरोना संक्रमण पुष्टि

दार्चुला । नेपालमा कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमितको सङ्ख्या एक लाख ९९ हजार सात सय ६० पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मङ्गलबार दुई हजार ७ सय ३६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १२ हजार नौ सय ६० जनाको नमुना परीक्षण भएको हो । त्यस्तै गएको २४ घण्टामा आठ सय ५३ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या एक लाख ६० हजार पाँच सय ७७ पुगेको छ ।

अब नेपालमा ३८ हजार ३५ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै एक हजार ५८ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा २२ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार एक सय ४८ पुगेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?