कोरोना संक्रमणबाट एक युवकको मृत्यु

कञ्चनपुर। कोरोना संक्रमबाट कञ्चनपुरका एक युवकको मृत्यु भएको छ। उनको बाँकेको कोहलपुरस्थित कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो।

जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार कञ्चनपुरको बेलौरी नगरपालिका १ का ३२ वर्षीय युवकको आइतबार बिहान कोहोलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। स्वास्थ्यमा समस्या आएपछि कार्तिक २३ मा मेडिकल कलेज भर्ना भएको ति युवकको २५ गते स्वाव संकलन गरिएको थियो।

कार्तिक २६ मा उनलाई कोरोना संक्रमण देखिएको प्रशासनले जनाएको छ। श्वास प्रश्वास लगायतका समस्याका कारण उनको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?