को हुन नारी
बालापनमा घरको मुस्कान, खुसी, निश्चल प्रेम बोकेकी परी हुन, किशोरावस्थामा परिवारको सौन्दर्य, जिम्मेवारी, संस्कारसंगै हुर्किएकी लक्ष्मी हुन,
युवाअवस्थामा आफ्नो संसार त्यागेर अर्काको लागि जीवन सुम्पिन सक्ने अदम्य साहसी हुन,
प्रौढावस्थामा घरको अभिभावक मायाको सागर,त्याग र जिम्मेवारीको भारी हुन,
बुढेसकालसम्म पुग्दा अनगिन्ती पीडा र दुखित जीवनमा पनि श्रीमान र सन्तान को लागि ज्यान दिने महान आमा हुन ।
के भोग्छिन जीवनमा
गर्भदेखिकै हेय दृष्टि, बालापनबाटै छोरी हुनुको जिम्मेवारी संस्कार अनि समाजका कुरा,
महिनावारी हुनुको पीडा, कतिपयका गिद्वे नजर, बलात्कार त्यसपछि हत्या,
जन्मदिने आमा बा ,परिवार, साथीभाई संगै आफ्नो संसार त्यागेर रमाउने क्षमता,
अर्काको संसार लाई आफ्नो बनाइ कति पीडा लुकाएर दिन्छिन मायाममता,
गर्भवती र सुत्केरी पीडा सहेर सन्तान जन्माइसकेपछि पनि,
सहेर बसिरहन्छिन हजारौ पीडा परिवार अनि सन्तानको निम्ति दिन गनीगनी,
यमराज आइसक्छन र पनि उनलाई अरूकै चिन्ता छ आफ्नो हैन,
के नारीलाई पुरूष जस्तै खुसी,सुख, सुरक्षा र स्वतन्त्रता चाहिदैन,
बिन्ती छ 🙏 छोरीलाई समान माया र सम्मान दिन नसक्ने बुवा,
अरूका छोरीबहिनी माथि गिद्वे नजर राखी कुचेष्टा गर्ने केटा,
यौनको नाममा बलात्कार र हत्या समेत गर्ने नरपिचासहरू,
श्रीमानको नाममा शारीरिक र मानसिक यातना दिने पुरूषहरू,
नारीलाई समता र सुरक्षा दिन नसक्ने प्रशासन 😗
लाज मानौ शब्दकोषमा भएको महिला अधिकार शब्द प्रयोग गर्न,
र आमा, श्रीमती, छोरी, बहिनी, साथीलाइ रूवाइ भाषण गर्न!
नारीले आफ्नो जीवन रमाएर जिउन पाओस,
मुटु पोल्ने खबर हरू अब सुन्ने दिन नआओस,
नारीमा हिंसाको प्रतिकार गर्ने क्षमता बिकास होस,
प्रत्येक जीवन,परिवार, समाज र राष्ट्र शान्त,समृद्व र हिंसामुक्त बनोस
१११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको सम्पूर्णमा शुभकामना !





प्रतिक्रिया