दार्चुलाको लेकम, अपि र व्यास जोड्ने पक्की सडक शुभारम्भ

दार्चुला । दार्चुलाका तीन स्थानीय तह सहित देशभरका २ सय १० स्थानीय तहमा प्रदेशिक एवम् स्थानीय तहको सडक निर्माण तथा सुधार कार्यक्रमको शुभारम्भ गरिएको छ।

दार्चुलाका अपि हिमाल गाउँपालिका, लेकम गाउँपालिका र व्यास गाउँपालिका केन्द्र जोड्ने पक्की सडक निर्माण कार्यक्रमको शुभारम्भ गरिएको हो ।

नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम अनुसार स्थानीय तहको केन्द्र सम्म सडक पहुँच पुर्याउने उद्देश्यले प्रधानमन्त्री केपी शर्मा ओलीले आज एकसाथ दार्चुलाका ३ सहित देशभर २ सय १० वटा सडक निर्माणको कार्यक्रमको शुभारम्भ गर्नु भएको छ ।

जिल्लाका नौँ स्थानीय तह मध्ये छ स्थानीय तहको पहुँचमा पक्की सडक पुगेको छैन् । महाकाली लोकमार्गले छोएका शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका र महाकाली नगरपालिका बाहेकका पालिकामा हालसम्म पक्की सडकको पहुँच छैन् ।

यस अवस्थामा जिल्लामा ३ वटा स्थानीय तहका केन्द्र जोड्ने पक्की सडक निर्माणको लागी सरकारले लेकम, व्यास र अपि हिमाल गाउँपालिका छनोटमा परेका छन । छनोटमा परेका स्थानीय तहहरुमा लेकम गाउँपालिकाको केन्द्र रातामाटा सम्म अहिले ट्रयाक खोल्ने काम भइरहेको गाउँपालिका अध्यक्ष प्रमान्नद जोशीले बताउनुभयो ।

त्यस्तै व्यास गाउँपालिकाको केन्द्रसम्म कच्ची सडक पुगेको छ, भने अपि हिमाल गाउँपालिकाको वडा नम्बर ५ बाहेक अन्य वडामा सडक पुगेको छैन ।

सरकारले दार्चुलाका ३ वटा स्थानीय तहका सडकलाई पक्की सडक निर्माणको लागी कार्यक्रमको शुभारम्भ गरिएको छ ।

शुभारम्भ कार्यक्रममा बोल्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्नाले वर्तमान सरकारले अघि सारेको समृद्ध नेपाल र सुखी नेपालीको दीर्घकालीन योजनालाई साकार पार्न सरकारले पन्ध्रौं आयोजनालाई रुपान्तरणकारी आयोजनाको रुपमा अघि सरेको बताउनु भएको छ ।

केन्द्रदेखि प्रदेश–स्थानीय तहसम्म पक्की सडक सञ्जाल जोड्ने काम सरकारले गर्न लागेको मन्त्री ठगुन्नाले जानकारी दिनुभयो ।  ३ सय ९२ स्थानीय तहबाट पक्की सडकको माग गरी पठाएको र त्यसमा छानबिन भइरहेको उहाँले बताउनुभयो । पक्की सडक नपुगेको २ सय १० स्थानीय तहमा पक्की सडक राष्ट्रिय सडक सञ्जालसँग जोड्ने काम अब हुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?