कार्की हत्या आरोपमा ४ जना पक्राउ

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका रमेश कार्कीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ ।

गत शनिबार दार्चुला र बैतडीको सिमा भएर बग्ने चौलानी नदीमा मृत भेटिएका लेकम गाउँपालिका वडा नम्बर १ सेजालीका ३५ वर्षीय कार्कीको हत्या गरेको आशंकामा उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

अनुसन्धानकै क्रममा रहेकाले नियन्त्रणमा लिइएका व्यक्तिहरुको नाम खुलाउन नमिल्ने इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक खगेन्द्र साउदले बताउनुभयो । सोधपुछका लागि उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक साउँदले जानकारी दिनुभयो ।

गत शुक्रबार गोकुलेश्वरस्थित शिवरात्री मेला हेर्न गएका कार्की घर नफर्केपछि खोजतलास गर्दा शनिबार बेलुका चौलानी नदीको बीच भँगालोमा मृत फेला परेका थिए । कार्कीको टाउको, मुख, पेट, छाती र खुट्टामा चोट रहेको प्रहरीले जनाएको छ ।

कार्कीको शव गोकुलेश्वर अस्पतालमा रहेको छ । शव पोस्टमार्टम भए पनि आफन्तले अझै शव बुझेका छैनन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?