सभामुखले सरकारलाई संवैधानिक दायित्वबाट बञ्चित गराएको प्रधानमन्त्रीको आरोप

दार्चुला । प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुखले सरकारलाई संवैधानिक दायित्वबाट बञ्चित गराएको आरोप लगाउनुभएको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा केन्द्रीय सदस्यहरुको चियापान समारोहलाई सम्बोधन गर्दै सभामुखले मन्त्रीलाई बोल्न नदिएर सरकारलाई संवैधानिक दायित्वबाट बञ्चित गराएको आरोप लगाउनुभयो ।

‘मुद्दा जितेर ल्याएको संसद् आफैँले विरोध गर्ने, काम गर्नै नदिने काम गरियो । संविधान कार्यान्वयन गर्न व्यवधान गर्ने सिर्जना भयो,’ उहाँले भन्नुभयो, ‘सभामुखले मन्त्रीलाई रोक्दै बैठक स्थगित गरेर संवैधानिक दायित्वबाट सरकारलाई बञ्चित गरियो ।’

ओलीले प्रतिनिधिसभा विघटन गर्नुपर्ने स्थिति सिर्जना भएको र त्यसको औचित्य पुष्टि हुने दिन आउँदै गरेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?