दार्चुला । गत चार दिन देखि दार्चुलामा अवरुद्ध रहेको नेपाल टेलिकमको फोन तथा इन्टरनेट सेवा शुक्रबार मध्यान्हबाट सुचारु भएको छ ।
गत मंगलबार विहान देखि अवरुद्ध भएको दार्चुला तथा बैतडीको फोन तथा इन्टरनेट सेवा सुचारु भएको नेपाल टेलिकम दार्चुलाले जनाएको छ ।
बैतडीको पाटन–खोड्पे क्षेत्रमा अप्टिकल फाइबर काट्दा दार्चुला सहित बैतडीमा पनि फोन तथा इन्टरनेट सेवा अबरुद्ध भएको थियो ।
अबरुद्ध सेवा सञ्चालन गर्न नेपाल टेलिकमले समयमै ध्यान नदिएको भन्दै स्थानीयहरुले गुनासो गरेका छ ।
चार दिन देखि दार्चुला तथा बैतडी जिल्लामा फोन तथा इन्टरनेट अवरुद्ध हुदाँ नागरिक समस्यामा परेका थिए ।





प्रतिक्रिया