नेकपा खारेज गर्ने फैसलाविरूद्ध पुनरावलोकन जाँदै प्रचण्ड

दार्चुला । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच भएको एकता खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरूद्ध माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुनरावलोकन दिने हुनु भएको छ ।

अहिले ११ बजे पुनरावलोकनका लागि उहाँ सर्वोच्च अदालत जाने उहाँका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो । यसअघि माओवादी केन्द्रले कानुन व्यवसायीसँग समेत छलफल गरेको थियो ।

गएको फागुन २३ गते नेकपा नामको पार्टी कसको नाममा हुने भन्ने मुद्दाको फैसला गर्दै सर्वोच्चले २०७५ साल जेठ ३ गते भएको एमाले र माओवादी केन्द्रको एकतालाई खारेज गरिदिएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?