दार्चुला । सरकारले तत्कालै देशव्यापी लकडाउन नगर्ने भएको छ । नेकपा एमाले १० औँ अधिवेशन आयोजक किमिटिको तेस्रो बैठक पछि पत्रकारहरुसँग कुरागर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सो कुरा बताउनु भएको हो ।
बैठकमा शनिवार बसेको कोभिड मेनेजमेन्ट किमिटीको बैठकको निश्कर्ष जानकारी गराइएको थियो । बैठकमा कोरोना भाइरसको डबल म्यूटेन देखिएको र तेस्रो पनि आशंका गरिएको जानकारी गराइएको थियो ।
हिजोको बैठकमा अक्सिजन प्लान्ट विस्तार औषधिको व्यबस्था गर्ने बारे छलफल भएको र सोही अनुसार पार्टी कमिटीलाइ पनि कोभिड विरूद्ध परिचालन गर्ने आजको बैठकमा छलफल भएको जानकारी गराउनुभयो ।





प्रतिक्रिया