खोप लिएकाबाट अरुलाई कोरोना सार्ने सम्भावना उच्च

दार्चुला । कोरोनाविरुद्धको पहिलो र दोस्रो डोज खोप लिएका दुवैलाई कोरोनाभाइरसको संक्रमणबाट बच्न परिवार कल्याण महाशाखा तथा विज्ञले सुझाएका छन् ।

नेपालमा हालसम्म करिब २० लाख जनाले कोरोनाविरुद्धको पहिलो डोजको मात्रा लिइसकेका छन् भने ४ लाख ३८ हजार जानले दोस्रो मात्रा पनि लिइसकेका छन् । यो हिसाबले कुल जनसंख्याको ७ प्रतिशत खोप लिएका छन् ।

खोप लिएका व्यक्तिमा पनि कोरोना संक्रमण हुने र उनीहरुबाट अरुलाई सार्ने भएकाले जनस्वास्थ्यको मापदण्ड पालना गर्न आग्रह गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कोभिड–१९ विरुद्धको खोप व्यवस्थापन संयोजक डा. श्यामराज उप्रेतीका अनुसार कोरोना भाइरस नयाँ रोग भएको र नयाँ रोगको खोप भएकाले यसको प्रभावकारिता अवधि हेर्न बाँकी छ ।

खोप उत्पादनकर्ताका अनुसार कुनै पनि खोपको रोगसित लड्ने प्रतिरक्षा क्षमता सय प्रतिशत नहुने भएकाले खोप लिएपछि पनि जोखिम कायमै रहन्छ ।

आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?