कैलाली र कञ्चनपुरमा वैशाख २२ गते मध्यरातसम्म निषेधाज्ञा

दार्चुला । स्थानीय प्रशासन कार्यालयले कैलाली र कञ्चनपुरमा घोषणा गरेको निषेधाज्ञा सुरु भएको छ।

कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि सङ्क्रमणको ‘चेन ब्रेक’ गर्न अर्थात् फैलिने लहर तोड्न कैलाली र कञ्चनपुरमा बिहीवार (आज) बिहानदेखि निषेधाज्ञा लगाइएको हो ।

यी दुई जिल्लामा वैशाख १६ गते बिहान ६ बजेदेखि २२ गते राति १२ बजेसम्म निषेधाज्ञा लगाइएको दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीले बताएका छन् । जिल्लामा फैलिरहेको सङ्क्रमण दर र मृत्युदरलाई मध्यनजर गर्दै एक हप्तासम्म निषेधाज्ञा जारी गरेको उनीहरूले बताएका छन् ।

कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले निषेधाज्ञा गर्नु बाध्यात्मक अवस्था रहेकाले सबै नागरिकलाई गम्भीरतापूर्वक स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी घरमै सुरक्षित बस्न आग्रह गर्नुभएको छ निषेधाज्ञाको उल्लङ्घन गरिए कानुनअनुसार कडा कारबाही गरिने उहाँको भनाइ छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?