दार्चुला । पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा औलो रोगको जोखिम बढ्दै गएको पाइएको छ।
औलो रोग नियन्त्रणका लागि सरकारी क्षेत्रबाट प्रयास जारी रहे पनि यहाँका जिल्लामा अझै औलो पूर्ण रुपमा नियन्त्रणमा आउन नसकेको स्वास्थ्यकर्मीहरुले बताएका छन ।
प्रदेशमा आयातित औलोका बिरामी सबैभन्दा बढी पाइएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरले जनाएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालय राजपुरका निर्देशक डाक्टर गुणराज अवस्थीले प्रदेशका कैलाली, कञ्चनपुर, अछाम, बैतडी, डडेल्धुरा र डोटीमा औलोको जोखिम बढेको बताउनुभयो ।
उहाँका अनुसार प्रदेशका छ जिल्लामा मात्रै १ सय ८६ जनामा औलो रोग देखापरेको छ। औलोका बिरामी सबैभन्दा बढी कैलालीमा फेला परेका छन्।
चालू आवमा कैलालीमा ७०, कञ्चनपुरमा ३६, अछाममा १४, बैतडीमा १२, डडेल्धुरामा नौ र डोटीमा सात औलो रोगी फेला परेको उहाँले बताउनुभयो।
जिल्लामा स्थानीयभन्दा पनि आयातित औलोका बिरामी बढेको निर्देशनालयको तथ्याङ्क छ । चालू आर्थिक बर्षमा १ सय १५ आयातित औलोका बिरामी रहेको बताइएको छ।
प्रदेशमा आर्थिक बर्ष २०७६÷७७ मा ३ सय २० औलोका बिरामी थिए । त्यसमध्ये २ सय ५५ आयातित र ६५ स्थानीय औलोका बिरामी थिए।
प्रदेशमा आयातित औलोका सबैभन्दा बढी बिरामी कैलालीमा पाइएका छन् ।





प्रतिक्रिया