भारतको पश्चिम बङ्गालमा हिंसामा परि १७ जनाको मृत्यु

दार्चुला । भारतको पश्चिम बङ्गाल राज्यमा भएको विधानसभाको चुनावपछि भड्किएको हिंसामा परेर ज्यान गुमाउनेको सङ्ख्या १७ पुगेको छ । विधानसभाको चुनावमा ममता बनर्जीको पार्टी तृणमूल कंग्रेस (टीएमसी) ले झण्डै दुई तिहाइ मतसहित विजय हात पारेपछि हिंसा भड्किरहेको छ ।

गएको २४ घण्टामा राज्यका विभिन्न क्षेत्रमा थप तीन जनाको ज्यान गएसँगै हिंसामा ज्यान गुमाउनेको सङ्ख्या १७ पुगेको बीबीसीले जनाएको छ । ज्यान गुमाएकामध्ये नौ जना आफ्ना कार्यकर्ता भएको भारतीय जनता पार्टी (बीजेपी) ले दाबी गरेको छ भने सात जना आफ्ना कार्यकर्ता रहेको टीएमसीले जनाएको छ । बाँकी एक व्यक्ति इन्डियन सेक्युलर फ्रन्टका कार्यकर्ता भएको बताइएको छ ।

दुवै पार्टीले हिंसाको आरोप एकअर्कालाई लगाएका छन् । पश्चिम बङ्गालका कयौँ ठाउँमा आगलागी र तोडफोडका घटना भइरहेका छन् ।

आज मात्रै शपथ लिनुभएकी पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीले ठूलो हारपछि भाजपाले साम्प्रदायिक हिंसा भड्काएको र राष्ट्रपति शासन लगाउने कोसिस गरेको आरोप लगाउनुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?