कोरोना सङ्क्रमणबाट पूर्वमन्त्री पहाडीको निधन

दार्चुला । पूर्वमन्त्री मोतीप्रसाद पहाडीको निधन भएको छ ।

कोभिड सङ्क्रमण भइ भेरी अस्पतालमा उपचार गराइरहनुभएका पहाडीको गएराति ७७ वर्षको उमेरमा निधन भएको हो ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० मा रहेको निवासमा होम आइसोलेशनमा रहनुभएका पहाडीलाई स्वास्थ्यमा समस्या भएपछि हिजो मात्रै अस्पताल भर्ना गरिएको हो ।

डोल्पाबाट निर्वाचित सांसद पहाडी २०५३ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा पहिलो कानुन राज्यमन्त्री र पछि वन तथा भू(संरक्षण र आपूर्ति मन्त्री बन्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?