दार्चुला । जनता समाजवादी पार्टीका केन्द्रीय समितिका अध्यक्ष महन्थ ठाकुर र जसपा नेता राजेन्द्र महतोबीच आइतबार बिहान काँग्रेस सभापति शेरबहादुर देउवा निवासमा भएको भेट सम्पन्न भएको छ ।
भेटमा सत्तारूढ नेकपा एमालेका माधवकुमार नेपाल समूहले सामूहिक राजीनामा दिए जसपा तटस्थ बस्ने निष्कर्ष निकालिएको जसपाका नेता डा. सुरेन्द्रकुमार झाले जानकारी दिनुभयो ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले २७ गते आव्हान गरिएको विशेष अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई विश्वासको मत नदिने र अविश्वासको प्रस्ताव पनि नसार्ने संकेत गरेसँगै आफूहरु पनि तटस्थ बस्ने नेता झा बताउनुहुन्छ ।
एमाले एक ढिक्का भएन भने पनि अर्को गठबन्धन नबन्ने समभावना बढेको उहाँले बताउनुभयो ।
देउवालाई भेट्न ठाकुर र महतो आइतबार विहान नौ बजे देउवा निवास बुढानीलकण्ठ पुगेका थिए । उनीहरु डेढ घण्टा छलफल गरेर फर्किएको जसपाका एक नेताले बताउनुभयो ।
ठाकुर र महतो प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै निरन्तरता दिने पक्षमा थिए । जसपाकै अर्का अध्यक्ष डा. बाबुराम भट्टराई र उपेन्द्र यादव भने ओलीको विकल्पमा कांग्रेसको नेतृत्वमा सरकार गठन गर्नुपर्ने पक्षमा छन् ।
आगामी सरकारको नेतृत्वको विषयमा दुई धारमा विभाजित जसपाले कसको पक्षमा उभिने भनेर औपचारिक निर्णय गरिसकेको छैन ।





प्रतिक्रिया