पार्टी बिरुद्ध जानेलाई इतिहासले माफी गर्दैन : एमाले अध्यक्ष ओली

दार्चुला । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको पक्षमा लाग्न नेतारकार्यकर्तालाई अपिल गर्नुभएको छ । माधवकुमार नेपाल पक्षका सांसदहरूले सामूहिक राजीनामा दिने तयारी गरिरहेका बेला प्रधानमन्त्री ओलीले आफूले कसैलाई पनि काखापाखा नगरेको बताउँदै पार्टीलाई मजबुत बनाउन अपिल गर्नुभएको हो ।

कतिपय व्यक्तिमा रहेको अहङ्कारको सिकार पार्टीलाई बनाउन नहुने भन्दै ओलीले आफ्नै पार्टी फुटाउन र सरकार ढाल्न खोज्ने आपराधिक मानसिकता भएकाहरू सुध्रनुपर्ने पनि बताउनुभएको छ । बरू सामूहिक राजीनामा दिएर आफ्नै राजनीतिक भविष्य समाप्त पार्ने तर पार्टीलाई पछारी छाड्ने हानिकार प्रयास भएकालाई इतिहासले माफी गर्ला रु भनेर ओलीले प्रश्न गर्नुभएको छ ।

साथै ओलीले नागरिकको आशा, भरोसा र विश्वासको केन्द्र नेकपा एमालेलाई अझ सुदृढ र एकताबद्ध बनाउँदै अगाडि बढ्नुपर्ने आजको पुस्ताको प्रमुख दायित्व भएको बताउनुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?