ओलीले पठाए निलम्बन फुकुवाको पत्र, नेता नेपालबीच भेटवार्ता

दार्चुला । नेकपा एमालेले चार नेतामाथि पार्टी सदस्यबाट गरेको निलम्बन फुकुवा गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेताहरु माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि कारबाही फिर्ता लिंदै निलम्बन फुकुवा गरेको पत्र पठाउनुभएको छ ।

बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकको निर्णयअनुसार चारैजना नेतामाथिको निलम्बन फुकुवा गरेको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।

फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाबाट पुनर्थापित एमालेका अध्यक्ष ओलीले फागुन २८ मा आफ्ना पक्षका नेताहरुको मात्र बैठक राखेर विधान संशोधन गर्ने, केन्द्रीय सदस्यहरु थप्ने र माधव नेपाल समूहका नेताहरुको जिम्मेवारी खोस्ने निर्णय गरेपछि नेपाल समूहले वैशाख ४ र ५ मा राष्ट्रिय कार्यकर्ता भेला बोलाएको थियो ।

भेलाका लागि अगुवाइ गरेको भन्दै चैत ७ मा बसेको ओली पक्षको केन्द्रीय कमिटी बैठकले चार नेतालाई स्पष्टीकरण सोधेको थियो । नेताहरुले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै उनीहरुलाई ६ महिना पार्टी सदस्यबाटै निलम्बन गरेको थियो ।

यसैबिच नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता शुरु भएको छ । व्यवसायी क्याप्टेन रामेश्वर थापाको चपलीस्थित घरमा दुई नेताबीच भेटवार्ता शुरु भएको स्रोतले जानकारी दिएको छ ।

पछिल्लो समय नेपाल पक्षका सांसदले सांसद पदबाट राजीनामा दिने तयारी गरेका बेला ओली र नेपालबीच भेटवार्ता तय भएको हो । बिहीबार बिहान अध्यक्ष ओलीले नेपाललाई फोन गरेर भेटका लागि प्रस्ताव गर्नुभएको थियो । विहान नेता नेपालसँग ओली पक्षका नेता विष्णु पौडेलले भेटवार्ता गर्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?