नेपाल समूहका सांसदको राजिनामा नआए सरकारको दाबी नगर्ने काँग्रेसको निर्णय

दार्चुला । प्रतिपक्षी गठबन्धनको सरकार गठनमा एमालको माधवकुमार नेपाल समूह निर्णायक हुने भएको छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले एमालेको नेपाल समूहका सासंदहरुको सामूहिक राजीनामा नआएसम्म सरकारको दाबी नगर्ने निर्णय गरेको छ ।

सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको काँग्रेस पदाधिकारी बैठकले यस्तो निर्णय गरेको बताइएको छ । एमालेको नेपाल समूहका सासंदहरुको सामूहिक राजीनामा नआएसम्म सरकारको दाबी गर्नुको कुनै औचित्य नहुने निष्कर्षमा काँग्रेस पुगेको हो ।

संविधानको धारा ७६ को उपधारा २ अनुसार बहुमतको सरकार बनाउनको लागि दिइएको समय आज साँझ ९ बजेसम्मको छ। बेलुकासम्म बहुमत जुटाउनको लागि काँग्रेस र मा‌ओ‌वादीका नेताहरु लागिरहेका छन् ।

यता एमाले को ओली पक्ष जसपाको एक गुटलाई आफ्नो साथमा लिएर विपक्षीहरुको संख्या १३ सय ६ नपुर्‍याउने रणनीतिमा रहेको छ । यस्तै असन्तुष्ट नेपाल समूहलाई मनाउने अन्तिम कसरत स्वरुप अध्यक्ष ओली र नेता नेपालबीच अहिले वार्ता भैरहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?