माधव नेपालले भने : राजीनामा दुई-चार दिनलाई टर्‍यो

दार्चुला  । नेकपा (एमाले) को माधवकुमार नेपाल समूहले तत्काल सांसद पदबाट राजीनामा नदिने भएको छ ।

बिहीबार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग बुढानिलकण्ठस्थित एक व्यापारीको घरमा भएको ४ घण्टा लामो छलफलपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै वरिष्ठ नेता नेपालले तत्कालका लागि सांसद पदबाट राजीनामा दिने अवस्था टरेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘राजीनामा दिने विषय अहिलेलाई टर्यो ।’

वार्तामा पार्टीभित्रको समस्यालाई सहमतिको आधारमा टुङ्ग्याउने सहमति भएको नेता नेपालले बताउनुभयो ।

२०७६ फागुन २८ गतेको निर्णय सच्याउने र सर्वोच्चको फैसलाअनुसार २०७५ जेठ ३ गतेको अवस्थामा फर्कनुपर्ने विषय छलफल गर्नका लागि कार्यदल बनाउने दुवै नेताबीच सहमति भएको उहाँको भनाइ छ ।

उहाँले आफूले राखेको विषयमा प्रधानमन्त्री सकारात्मक हुनुभएका जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?