दार्चुला । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले नेपालमा कोरोना भाइरस सङ्क्रमणको अवस्था चिन्ताजनक अवस्थामा पुगेको जनाएको छ ।
डब्ल्यूएचओका निर्देशक टेड्रोस अडनोम गेब्रियसले नेपालमा कोरोना महामारीको अवस्था चिन्ताजनक अवस्थामा पुगेको बताउनुभएको हो । निर्देशक गेब्रियसले भारतसँगै नेपाल, श्रीलङ्का, भियतनाम, थाइल्याण्ड लगायतका देशको अवस्था चिन्ताजनक भएको भन्दै अन्तर्राष्ट्रिय सहयोग चाहिएको बताउनुभयो ।
नेपालमा अस्पताल भर्ना हुनुपर्ने बिरामी बढिरहेको र उनीहरुको लागि बेड र अक्सिजन नै उपलब्ध हुन नसक्ने अवस्था आएको भन्दै यसले अब थप जटिलताहरु आउने निर्देशक गेब्रियसले बताउनुभयो ।
नेपालमा कूल संक्रमितको संख्या ४ लाख ३९ हजार ६५८ पुगेको छ । मृत्य हुनेको संख्या ४,६६९ पुगेको छ । निको हुनेको संख्या ३ लाख २७ हजार पुगेको छ ।
सक्रिय संक्रमित संख्या १ लाख ७३ हजार ३६ पुगेको छ । ५१६ जना क्वारेन्टिनमा छन् ।
परीक्षणमध्ये संक्रमण दर १६ प्रतिशत छ । पजेटिभमध्ये मृत्युदर १.४ प्रतिशत छ । काठमाडौंमा सक्रिय संक्रमित ३० हजार ४५२ छन् ।





प्रतिक्रिया