२४ घण्टामा ९,२४७ जनामा कोरोना सङ्क्रमण, २१४ जनाको ज्यान गयो

दार्चुला । गएको २४ घण्टामा नेपालमा नौ हजार दुई सय ४७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २१ हजार ६ सय ५३ जनाको पीसीआर परीक्षण गर्दा नौ हजार एक सय ९८ जना र चार सय ३४ जनाको एन्टिजेन परीक्षण गर्दा ४९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यो सँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या चार लाख ६४ हजार दुई सय १८ पुगेको छ ।

यस्तै कोरोना सङ्क्रमणबाट थप दुई सय १४ जनाको ज्यान गएको छ । यसअघिको प्राप्त विवरण र पछिल्लो २४ घण्टामा गरी दुई सय १४ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या पाँच हजार दुई सय १५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा पाँच हजार सात सय ६७ जना निको भएका छन् ।

यो सँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या तीन लाख ४५ हजार पाँच सय २३ पुगेको छ ।

अहिले नेपालमा एक लाख १३ हजार चार सय ८० जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?