कांग्रेस संसदीय दलको बैठक बस्दै

दार्चुला । कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । सभापति शेरवहादुर देउवाले दिउँसो २ः३० बजेलाई बैठक बोलाउनुभएको सांसद सुजता परियालरले जनकारी दिनुभयो ।

परियारका अनुसार संसद भवन ल्होत्से हल बानेश्वरमा बैठक बस्दै छ ।

आजको बैठकबाट समसामयिक विषयमा रणनीति तय गर्ने कांग्रेस संसदीय दलको तयारी छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने तयारी भइरहेका बेलामा बस्न लागेको संसदीय दलको बैठकलाई महत्वका साथ हेरिएको छ ।

बैशाख ३१ गते संविधानको धारा ७६ को उपधार ३ अनुसार प्रधानमन्त्री केपी ओली नियुक्त हुनुभएको थियो ।

ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?