संसद विघटनविरुद्ध कानुनी उपचार खोज्ने विपक्षीको तयारी

दार्चुला । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने निर्णय गरेको छ ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा शनिबार बिहान बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले प्रतिनिधिसभा विघटन गरेर राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले लोकतन्त्रविरुद्ध षडयन्त्र गरेको निष्कर्ष निकालेको कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले बताउनुभयो ।

अब लोकतन्त्रको रक्षाको लागि नेपाली कांग्रेस राजनीतिक र कानुनी लडाइँ लड्ने निर्णय भएको छ । त्यसका लागि साथमा रहनुभएका अन्य राजनीतिक दलहरूसँग पनि सहकार्य गर्ने निर्णय भएको छ, महतले भन्नुभयो। उहाँले प्रतिनिधिसभा विघटनको विरोध गर्नका लागि नागरिक समाजलाई पनि आह्वान गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

प्रतिनिधिसभा विघटन लोकतान्त्रिक मूल्य र मान्यताविपरीत रहेको निष्कर्ष निकालिएको महतले बताउनुभयो ।

राष्ट्रपति र प्रधानमन्त्रीले जुन षडयन्त्रपूर्ण तरिकाबाट हिजो निर्णय गर्नुभयो यो घोर अलोकतान्त्रिक संविधानको मूल मर्मविरुद्धमा रहेको हाम्रो निष्कर्ष रह्यो, महतले भने, बहुमतसहित विपक्षी दलको नेताले संविधानको धारा ७६ को उपधारा ५ अनुसार दाबी गरेको कुरालाई लत्याइएको भन्ने ठहर भयो ।

दिउँसो ९३ भन्दा बढी सांसद छैनन् भन्ने प्रधानमन्त्रीलाई नै मुलुकको जिम्मेवारी दिने गरी बहुमतसहित आएकोलाई प्रधानमन्त्री नियुक्त नगरी राष्ट्रपतिले लोकतान्त्रिक मूल्य र मान्यताविपरीत काम गरेको महतले बताउनुभयो ।

यसैबिच प्रतिनिधिसभा विघटनको विषयमा सभामुख अग्निप्रसाद सापकोटा विभिन्न संविधानविद् र राजनीतिक नेतृत्वसँग छलफलमा हुनुहुन्छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी मन्त्रिपरिषद्को सिफारिसमा नयाँ निर्वाचन घोषणा गरेको विषयमा प्रतिनिधिसभाका सभामुख सापकोटा छलफलमा जुट्नुभएको हो ।

शनिबार बिहानैदेखि सभामुख राजनीतिक दलका नेतृत्वसँग र संविधान तथा कानुनका जानकारहरूसँग छलफलमा रहेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभयो । प्रतिनिधिसभा विघटनको विषयमा सभामुखज्यू बिहानैदेखि सघन परामर्शमा हुनुहुन्छ । उहाँले मुख्यगरी राजनीतिक दलका शीर्ष नेता र संविधानविद्हरू र कानुन व्यवसायीसँग छलफल गरिरहनुभएको छ, न्यौपानेले भन्नुभयो ।

राजनीतिक दलका नेता र संविधानविद्हरूसँग छलफल गरेपछि सभामुख सापकोटाले शनिबार नै प्रतिनिधिसभा विघटनाबारे आफ्नो धारणा सार्वजनिक गर्ने तयारी रहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?