दार्चुला । भारतले बनाइरहेको धार्चुला–लिपुलेक सडक अन्र्तगतको गर्वाधार क्षेत्रमा पहिलो खस्दा एक जना दार्चुलाका नेपाली नागरिक सहित तीन जनाको मृत्यु भएको छ ।
केहि दिन अघि भएको बर्षादका कारण सडक निर्माणका क्रममा काटिएको चट्टान टुटेर पहिरो खसेको छ । आईतबार विहान ९ बजेतिर घाम लागेकै बेला चट्टान खस्दा सडक निर्माणको काम गरिरहेका तीन जनाको मृत्यु भएको भारतीय पत्रिका अमर उजालाले समाचार लेखेको छ ।
माथिबाट खसेको पहिरोमा पुरिएका तिनै जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा दार्चुला जिल्लाका २१ वर्षीय तारा सिह, भारतको देहरादुन निवासी २३ वर्षीय ड्रिलिङ मेसिन अपरेटर र सिमखोला बस्ने २८ वर्षीय भवान सिह भण्डारी रहेका छन् ।
कम्पनीको ढाई करोडको स्वचालित ड्रिलिङ मेसिन समेत पहिरोमा पुरिएको बताइएको छ । विआरओको गर्ग एण्ड गर्ग कम्पनीले हाल नेपाली अतिक्रमित भूमी लिपुलेक जोड्ने सडकको निर्माण कार्य गरिरहेको छ ।
पहिरो खस्दा ब्यास क्षेत्र जोड्ने भारतको धार्चुला लिपुलेक सडक अवरुद्ध बनेको बताइएको छ ।





प्रतिक्रिया