दार्चुला । दार्चुलामा शनिबार थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
एन्टीजेन विधिबाट गरिएको परिक्षणमा जिल्लाका विभिन्न स्थानीय तहका २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज थपिएकामा जिल्लाको दुँहु गाउँपालिकामा २० जना, महाकाली नगरपालिकामा ५ जना, मार्मा गाउँपालिकामा २ जना र शैल्यशिखर नगरपालिकामा १ जना रहेका छन ।
आज थपिएका सहित दार्चुलामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ६ सय ७३ पुगेको छ ।
हाल सम्म जिल्लाको महाकाली नगरपालिकामा १ सय ७० जनामा, शैल्यशिखर नगरपालिकामा ९० जनामा, अपिहिमाल गाउँपालिकामा १ सय ७ जनामा, ब्याँस गाउँपालिकामा ३० जनामा, दुहुँ गाउँपालिकामा ७० जनामा, मार्मा गाउँपालिकामा ४८ जनामा, नौगाड गाउँपालिकामा ५४ जनामा, मालिकार्जुन गाउँपालिकामा ४२ जनामा र लेकम गाउँपालिकामा ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका सिआर्इसिटी सहजकर्ता सुरज सुजन बोहराले जानकारी दिनुभयो ।
त्यस्तै आज थप ३१ जना कोरोना संक्रमणमुक्त भएका छन । आज जिल्लाका विभिन्न स्थानीय तहका ३१ जनाले कोरोना जितेको बोहराले बताउनुभयो ।
अहिले सम्म दार्चुलामा कोरोना संक्रमणका कारण एक स्वास्थ्यकर्मी सहित ११ जनाको ज्यान गएको छ । शनिबार बिहान ५ बजे जिल्ला अस्पताल दार्चुलामा कार्यरत सरसफाइकर्मीको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।





प्रतिक्रिया