लुम्बिनीमा राष्ट्रियसभा सदस्यका लागि आज मतदान हुदैँ

दार्चुला । राष्ट्रियसभा अन्तर्गत लुम्बिनी प्रदेशमा रिक्त १ सदस्य पदका लागि आज उपनिर्वाचन हुदैँछ ।

मतदाताका लागि दाङको घोराहिस्थित कर्मचारी मिलन केन्द्र परिसरमा तीनवटा मतदान केन्द्र बनाइएको छ । बिहान ९ बजेदेखि दिउसो ३ बजेसम्म मतदान हुने कार्यलयका सुचना अधिकारी गेहेन्द्र कुँवरले बताउनुभयो ।

मतदानका लागि प्रदेशसभा सदस्य तथा स्थानिय तहका प्रमुख उपप्रमुख दाङ पुगेका छन् । यस अघि माओवादी केन्द्रबाट राष्ट्रियसभामा बिजयी अर्चाखाँचीका चन्द्रबबहदुर खड्का एमाले प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा सो पद रिक्त थिाये ।

एमालेले अहिले उनै चन्द्रबहादुर खड्कालाई उम्मेदवार बनाएको हो । नेपाली कांग्रेसबाट दीर्घ नारायण पाण्ठेय चुनावी मैदानमा हुनुहुन्छ । निवार्चन सम्बन्धी सम्पूर्ण तयारी पूरा भएको सुचना अधिकारी कुँवरले जानकारी दिनुभयो ।

एमाले पार्टी परित्याग गरि कांग्रेसमा प्रवेस गरेका पाण्डेयलाई कांग्रसलगायत माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव र बाबुराम भट्टराई समुहको र राष्ट्रिय जनमोर्चाको समर्थन छ । प्रदेशमा कुल मतदाता संख्या २९६ हो ।

प्रदेशसभा सदस्य ७९ जना र स्थानिय तहका प्रमुख उपप्रमुख २१७ जना छन् । राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्य मतभार ४८ र स्थानिय तहका प्रमख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष मतभार गणना हुन्छ ।

मतभार अनुरुप प्रदेशसभा सदस्यले ३ हजार ७९२ र स्थानिय तर्फका २१७ जनाको ३ हजार ९०६ गरी कुल ७ हजार ६९८ मत संख्या छ । जितका लागि ३ हजार ८ सय ५० मत ल्याउनु पर्छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?