दार्चुला । दार्चुलामा सकेट बम फेला परेको छ । जिल्ला सदरमुकाम खलंगास्थित खुलामञ्चमा वेवारिसे अवस्थामा २ फिट लम्बाइ र ६ इन्च मोटाइ भएको सकेट बम फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी नरेन्द्र चन्दले बताउनुभयो ।
मजदुरले खुलामञ्चको मध्य भागमा फिल्ड निर्माण गरिरहेका बेला बम फेला परेको चन्दले बताउनुभयो । अहिले नेपाली सेनाको टोलीले बम निष्कृय पार्ने काम गरिरहेको सूचना अधिकारी चन्दले जानकारी दिनुभयो।





प्रतिक्रिया