सुनको भाउ आज एकैदिन तोलामा १५ सय रुपैयाँले घट्यो

दार्चुला । सुनचाँदीको भाउ आज घटेको छ । सुनको भाउ एकैदिन तोलामा पन्ध्र सय र चाँदी तोलामा ३५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा ९३ हजार चार सय रुपैयाँ तोकेको छ । सुनको भाउ हिजो तोलाको ९४ हजार नौ सय रुपैयाँ थियो ।

गएको आइतवार सुन तोलाको ९४ हजार रुपैयाँ थियो । सोमवार दुई सय रुपैयाँले बढेर तोलाको ९४ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुन मङ्गलवार तीन सय रुपैयाँले बढेर ९५ हजार पाँच सय रुपैयाँ पुगेको थियो । बुधवार सुनको भाउ स्थिर रहेर तोलाको ९५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

हिजो तोलामा चार सय रुपैयाँ बढेर ९४ हजार नौ सय पुगेको भाउ आज एकैदिन पन्ध्र सय रुपैयाँले घटेको हो । यस्तै, चाँदीको भाउ आज तोलामा ३५ रुपैयाँ घटेको छ । आज चाँदीको भाउ तोलाको १३ सय ४० रुपैयाँ तोकिएको छ । चाँदी हिजो तोलाको १३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो । गएको आइतवार चाँदी तोलाको १३ सय ५५ रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?