२४ घण्टामा ६,६५३ संक्रमित, ८,६६३ संक्रमणमुक्त

दार्चुला । नेपालमा पछिल्लो २४ घण्टामा १०१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ७३१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर थप ६ हजार ६५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ४ हजार ६२४ पीसीआर र २ हजार २९ एन्टिजेन परीक्षण गर्दा संक्रमण देखिएको हो ।

गत २४ घण्टामा १४ हजार १ सय ८२ पीसीआर तथा ६ हजार ६ सय ३१ एन्टिजेन परीक्षण भएको छ।

काठमाडौं उपत्यकामा १ हजार ३८४ कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौंमा ८९७ , ललितपुरमा २९९ र भक्तपुरमा १८८ जना संक्रमित थपिएका हुन् ।

यसैगरी पछिल्लो २४ घण्टामा ८ हजार ६६३ जना संक्रमणमुक्त भएका छन् ।

गत २४ घण्टामा १४ हजार १ सय ८२ पीसीआर तथा ६ हजार ६ सय ३१ एन्टिजेन परीक्षण भएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?